नियम २६
लिख्रतमा पुग्याउनु पर्ने रित
अदालतमा दर्ता गर्न ल्याएको लिखतमा देहाय बमोजिमको रीत पुच्याउनु पर्नेछ:-

(क) फुलस्केप आकारको नेपाली सादा कागजमा पहिलो पृष्ठमा शिरतर्फ दश सेन्टिमिटर छोडी र प्रत्येक पृष्ठमा बायाँतर्फ पाँच सेन्टिमिटर किनारा छोडी एक पृष्ठमा बत्तीस पङक्ति नबढाई कागजको एकपट्टि मात्र पक्का कालो मसीले लेखिएको, टाइप गरिएको बा मुद्रण गरिएको हुनु पर्ने,

(ख) दर्ता गर्न ल्याउने व्यक्तिको नाम, थर, उमेर, देगाना र घर नम्बर (थाहा भएसम्म इमेल, _ फ्याक्स मोबाइल नम्बर लगायतका बिद्युतीय माध्यमको ठेगाना समेत) “तथा विपक्षीको नाम, थर, उमेर, ठेगाना र घर नम्बर (थाहा भएसम्म इमेल, फ्याक्स, मोबाइल नम्बर लगायतका विद्युतीय माध्यमको ठेगाना समेत) उल्लेख गरेको हुनु पर्ने,

(ग) लिखत कम्प्यूटर टाइप गरेको भए युनिकोडमा एघार फन्टको साईजमा टाइप गरिएको हुनु पर्ने,

(घ) कुनै कानून व्यवसायीले लिखतको मस्यौदा गरेको भए त्यसको बायाँ पट्टि किनारामा निजले मस्यौदा गरेको भनी कानून व्यवसायीको नाम, दस्तखत र प्रमाणपत्र नम्बर उल्लेख गर्नु पर्ने,

(ङ) लिखत दर्ता गर्न ल्याउने व्यक्ति आफैंले वा कानून व्यवसायी बाहेक अरु व्यक्तिले मस्याँदा गरेकोमा "यो लिखतको मस्याँदा मैले गरेको हुँ, मैले भ्रष्टाचार, किर्ते, जालसाजीमा सजाय पाएको छैन साथै कुनै अदालत बा निकायबाट भएको कैद र जरिबाना तिर्न बुझाउन बाँकी छैन” भनी आफ्नो पूरा नाम, थर, ठेगाना उल्लेख गरी लिखतको प्रत्येक पृष्ठको बायाँ किनारामा त्यस्तो मस्याँदा गर्ने व्यक्तिले दस्तखत गरेको हुनु पर्ने,

(च) लिखतको आखिरी प्रकरणमा “यसमा लेखिएको व्यहोरा ढीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला" भन्ने वाक्य उल्लेख हुनु पर्ने,

(छ) खण्ड (च) मा उल्लिखित वाक्य मुनि दायौँ किनारमा लिखत दर्ता गर्न ल्याउने व्यक्तिले दस्तखत गर्नु पर्ने र त्यसको मुनि लिखत दर्ता गर्न ल्याएको साल, महिना, मिति र बार उल्लेख गर्नु पर्ने,

(ज) बिषयहरू सिलसिलेवार रूपमा प्रकरण छुट्याई उचित र संयमपूर्ण भाषामा लेखिएको हुनु पर्ने,

(झ) पेटबोलीमा परेका प्रत्येक व्यक्तिको नाम, थर, ठेगाना र अन्य आवश्यक परिचयात्मक विवरण उल्लेख हुनु पर्ने,

(ज) लिखतमा उल्लिखित प्रत्येक ठाउँको पूरा विवरण उल्लेख हुनु पर्ने,

(ट) लिखत दर्ता गर्न ल्याउने वा अदालतमा कागज गर्न आउने कुनै पनि व्यक्तिले आफ्नो नाम, थर, ठेगाना यकिन खुलेको नागरिकताको प्रमाणपत्र बा आधिकारिक निकायबाट प्रदान गरिएको परिचय खुल्ने कुनै प्रमाण पेश गर्नु पर्ने । तर सो सम्बन्धी प्रमाण एकपटक पहिले पेश भई त्यस्तो प्रमाण वा सोको प्रमाणित प्रतिलिपि मिसिल संलग्न रहेको अवस्थामा पटक पटक पेश गर्नु पर्ने छैन । स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि "लिखत" भन्नाले पुनरावेदनपत्र, लिखित जवाफ वा निवेदनपत्र सम्झनु पर्छ।